कांग्रेसले कैलाली सहित १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसले कैलाली सहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।कार्यसम्पादन समिति बैठकको निर्णयबमोजिम निर्वाचन समितिले शुक्रबार यस्तो निर्णय गरेको हो ।

कैलाली र अछामसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके रहेका छन् ।निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । साथै बाँकी रहेका विभिन्न वडा र गाउँपालिकाको अधिवेशन पनि १० गतेभित्र सम्पन्न गर्ने बताइएको छ ।

nisarga

यदी १३ गतेको निर्वाचन ५० प्रतिशतभन्दा कम मत आई दोस्रो चरणमा जानु पर्ने भएमा १४ गते अधिवेशन गरिने निर्वाचन समिति संयोजक घिमिरेले जानकारी दिएका छन् ।