
काठमाडौँ – चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।
थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ।उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

















