नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु गरिने

Image
maya metro

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु गर्ने भएको छ। चैतभरि पढाइ हुने र वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।

सामान्यतयाः शैक्षिक सत्र वैशाखदेखि सुरु भएर चैतमा सकिने गर्छ। तर कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएको थियो। २०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार दिएपछि शिक्षा मन्त्रालयले असार १ बाट शैक्षिक सत्र सुरु हुने निर्णय गरेको थियो।

nisarga

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्ने नियम छ। सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करीब २०० दिन विद्यालय सञ्चालन हुनुपर्छ। त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुन्छ।