
डोटी- डोटीमा नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ । जिल्लाका शैशिक संस्थाहरु र लामो दुरीका यातायातका साधनहरु बन्द रहेका छन् ।
ग्रामिण भेगका स्थानीय पालिका तथा वडाहरु बन्द रहे पनि जिल्ला सदरमुकाम सिलगढी, दिपायल, राजपुर क्षेत्रका सरकारी तथा गैरसरकारी कार्यालयहरु सञ्चालनमा रहेका छन् । दिपायल, राजपुर, सिलगढी लगायतका बजार पनि सञ्चालनमा रहेका छन् ।

एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण जिल्लामा आशिंक प्रवाव परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।
जिल्लामा छोटो दुरीका सवारी साधनहरु छिटफुट रुपमा सञ्चालन भैरहेका छन् । शैक्षिक संस्थाहरुमा बन्दको प्रभाव पूर्णमात्रामा परेको देखिन्छ भने अन्य क्षेत्रमा आशिंक प्रभाव परेको छ ।












