
बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।
खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।

सांगीतिक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवालगायत ठूलै टोली नेपाल ल्याउने तयारी ओडीसीको रहेको छ ।















