बझाङमा नदीमा डुबेर एक किशोरको मृत्यु

Image
maya metro

बझाङ – बझाङमा नुहाउने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। बझाङको साइपाल गाउँपालिका धलौन घर भइ सदरमुकाम चैनपुरमा बस्दै आएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बिहिबार दिउँसो बाहुली नदीमा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको क्रममा बोहराको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

nisarga