डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका–२ का २२ वर्षीय टिप्पर चालक दीपक ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा घाइते भएका सहचालक १७ वर्षीय असिम चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

nisarga

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टप्पर २ सय मिटर तल खसेको थियो।