
अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित सुदूरपश्चिम प्रादेशीक महोत्सवमा आज गायक प्रकाश राजदुत, लोकदोहोरी गायीका बबिता बानिँया जेरी र देउडा गायक टेक बोगटी आउने भएका छन ।
आजको महोत्सवमा स्थानीय स्तरका कलाकार एवम् डान्स क्लबहरुको प्रस्तुती पनि रहने उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिएका छन ।





























