नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा चन्द सर्वसम्मत

Image
maya metro

धनगढी – नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशकुमार चन्द सर्वसम्मत चयन भएका छन्। सोमबार धनगढीमा सम्पन्न भएको महासंघको अधिवेशनबाट चन्दको अध्यक्षमा सर्वसम्मत रुपमा प्रदेश समिति चयन गरेको हो।

उपाध्यक्षमा हिक्मत रावल, उपाध्यक्ष (महिला) मा कोपिला शाही सिंह, सचिवमा प्रकाश बिक, उपसचिवमा सुरेश बोहरा र कृष्ण रोकाया र कोषाध्यक्षमा दुर्गा शर्मा चयन एका छन्।

nisarga

सदस्यहरुमा राजन खड्का, मिना जोशी, अरुण भण्डारी, बिनोद मगर, दिपक विनाडी, भुुवनेश्वर भट्ट, सुरेन्द्र विष्ट, रामचन्द्र कठरीया, हेमकृष्ण रञ्जितकार, प्रेम विष्ट, सागर शाह, दिलबहादुर ठगुन्ना, लक्षमण थापा, सुनिल कार्की, दिपेन्द्र सिंह लगायतका चयन भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सोमबार नै पद तथा गोपनियताको सपथ समेत लिएका छन्।