‘मिस्टर नेपाल’को छनोट सुरु, अडिसन १२ चैतसम्म चल्ने

Image
maya metro

नेक्स्ट मोडल्स नेपालले पुरुषको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२२’ को छनोट सुरु गरेको छ । नेक्स्ट मोडल्स नेपालले गत शनिबारबाट प्रतियोगी छनोटको प्रारम्भिक अडिसन सुरु गरेको हो । अडिसन १२ चैतसम्म चल्ने आयोजकले जनाएको छ ।अहिलेसम्म प्रतियोगितामा एकसय बढीले अडिसन दिएका छन् ।

‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले प्रतियोगिताका लागि चैत १२ गतेसम्म सहभागीता जनाउन सक्नेछन् । विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इञ्चमाथि उचाई भएका नेपाली नागरिकले मात्र प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकको रहेको छ ।

nisarga

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन् ।