बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु , ५ जना घाइते

Image
maya metro

बैतडी – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका ३ का २५ बर्षीया दुर्गा चन्द रहेको  इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

आइतबार साँझ पाटनबाट सुर्नया तर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो ।

nisarga

त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै समान्य घाइते भएका सुर्नया ३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पाटनमा उपचार पछि घर फर्किएका प्रहरी निरीक्षक शाहीले बताए ।

घर पोत्नका लागि रातो माटो ल्याउन उनीहरु पाटन गएका बुझिएको छ । ट्रक चालक पाटन ४ का विरेन्द्र खत्री फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।