धनगढीमा फोहोरमैला व्यवस्थापन र पानी प्रशोधन केन्द्र स्थापना गर्न स्वीकृति

Image
maya metro

धनगढी – सरकारले धनगढीमा फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र स्थापना गर्न स्वीकृति प्रदान गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

nisarga

यस अघि स्थान विवादका कारण काम अघि बढ्न सकेको थिएन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) नृप बहादुर वडले ल्याण्डाफिल्ड साइड स्थापना गरेर धनगढी नगरलाई सफास्वच्छ बनाउने उद्देश्य रहेको बताए ।

अब मन्त्रीपरिषद् बैठकले सो कार्यलाई स्वीकृत गरेसँगै ल्याण्डफिल्ड साइडको टेन्डर प्रक्रिया चाँडै हुने मेयर वडले बताए ।