
डडेल्धुरा – आर्थीक मामीला तथा कानुन मन्त्री पुर्णा जाशीले महिलाका सवालमा विभाजीत नहुन महिला पत्रकारहरुलाई आग्रह गरेकी छिन् । मंगलबार डडेल्धुरामा सुदूरपश्चिमका महिला पत्रकारको प्रदेशस्तरीय भेलालाई सम्वोधन गर्दै मन्त्री जोशीले महिलाका सवालमा एकजुट भएर कलम चलाउन आग्रह गरेकी हुन् ।
उनले विचारका आधारमा स्वतन्त्र हुने अधिकार सबैलाई भएपनी महिलामाथी हुने हिंसा दुर्वव्यवहार लगाएतका विषयमा सबै महिलाहरु एकतावद्ध भएर लाग्नुपर्ने बताईन् । पत्रकार समाज परिवर्तनको संवाहक हो मन्त्री जोशीले भनीन् “ पछील्लो समय पत्रकारीतामा महिला पत्रकारको संख्या पनी उल्लेख्य रुपमा वृद्धी भएको देख्न पाईन्छ,महिलाहरु नै समाज परिवर्तको बाटोमा हिँडेपछी समाजमा शुसाशन,व्यवस्थापन लगाएतका विषय स्वतह प्राथमीकतामा पर्दछन् ।”

महिला पत्रकारहरुको क्षमता अभिवृद्धीका लागी पत्रकार महासघं लगाएत पत्रकारका राजनीतीक संगठनहरुलेपनी भुमीका निभाउनुपर्ने उनको भनाई थियो । सबै ठाँउमा पत्रकारीता अध्ययन गर्ने स्कुल,कलेजहरुको अभावका कारण पत्रकारीता पढेरै मात्र यो क्षेत्रमा प्रवेश गर्न सकिने अवस्था छैन उनले भनीन्“ त्यसैले सम्बन्धीत निकायहरुले पत्रकारहरुको क्षमता अभिवृद्धीकालागी विधीन्न तालीमहरुको आयोजना गर्न आवश्यक छ ।”
अन्य ठाँउमा जस्तै मिडियामापनी महिलाको भुमीका महत्वपुर्ण हुने भन्दै मन्त्री जोशीले उनले आफ्नो कार्यकालमा जतीसक्दो महिला पत्रकारकालागी सशत्तिकरणका विषयमा ध्यान दिन सम्बन्धीत संगठनहरुलाई आग्रह गरिन् । मिडियामा आवद्ध महिलाहरुमाथी विभेदकारी व्यवहार नगर्न भन्दै उनले समाचारमा मात्रै नभइ संचारमाध्यमबाट प्रशारीत तथा प्रकाशीत हुने विज्ञापनका समेत महिलाको आँचमा ठेस पुग्ने,होच्याउने खालमा सामग्री नराख्न आग्रह गरिन् । आफु अहिले कानुन बनाउने तहमा रहेकाले लैगींक हिसाबले न्याय हुनेगरि कानुन ल्याउने मन्त्री जोशीले बताईन् ।
पत्रकार महासंघ सुदूपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा सुरु भएको भेलामा नेपाल पत्रकार महासघंका महासचिब रोशन पुरी, पत्रकार महासंघ सुदूपश्चिम प्रदेशका सँस्थापक अध्यक्ष अर्जुन शाह लगाएत पदाधीकारीहरुको सहभागीता रहेको छ । नेपाल पत्रकार महासंघ सुदुरपस्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा भेलाको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा क्रियासिल पत्रकार महिला (WWJ) ले समुन्वय गरेको छ । भेलामा सुदुरपस्च्मिका नौ ओटै जिलाका एक सय जना पत्रकार महिलाको उपस्थिति रहेको छ । पत्रकार महिलाका समस्याका बारेमा बिशेश छलफल हुने भेला आज र भोलि चल्नेछ ।















