
अत्तरिया – सुदूरपश्चिम प्रदेशका पत्रकार महिलाको प्रदेश भेला बुधबार डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा भेलाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा क्रियासिल पत्रकार महिला (WWJ) समुन्वय गरेको थियो । भेलाको एक औपचारीक कार्यक्रमकाबिच मंगलबार सुदूरपश्चिम प्रदेशकी आन्तरीक मामीला तथा कानुन मन्त्री पुर्णा जोशीले उद्घाटन गरेकी थिईन् ।
भेलामा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका एक सय भन्दा बढी पत्रकार महिलाको सहभागीता रहेको थियो । भेलामा सहभागी अधिकांश पत्रकार महिलाहरुले कार्यक्षेत्रमा महिलाका समस्याबारे छलफल गरेका थिए । पत्रकार महिलाहरुले पत्रकारीता पेशामा भौतिक तथा पेशागत असुरक्षा भएको बताए । मिडीया हाउसमा पुरुष सहकर्मी बराबर काम गर्दापनी महिलालाई कम पारीश्रमीक दिईने गरेको गुनोसो गरे । डोटीकी पत्रकार सुनीता रावलले महिला पत्रकारले लामो समयदेखी दुख गर्दापनी लैगींक आधारमा महिलालाई नेतृत्वतहमा पुग्न नदीएको गुनासो गरिन् ।

हामी आफै दुख गरेर यहाँसम्म पुगेका हौँ उनले भनीन् “तर हामीलाई कसैले बोकेर यहाँसम्म ल्याईदिएको जस्तो व्यवहार गरिन्छ,महिला पत्रकारलाई केवल भोटरका रुपमा मात्रै प्रयोग गरिन्छ ।” अछामकी पत्रकार गीता कुँवरले महिला हरेक पदमा विधानले तोकेको उपाध्यक्षमा सिमित रहनुपरेको बताईन् । महिला नेतृत्व गर्न सक्षम हुँदाहुदै पनी लैंगीक आधारमा वञ्चित गरिदै आएको उनको गुनासो थियो ।
नगढीकी पत्रकार रेशु बराइलीले कामको राम्रो अवसर अर्को ठाँउमा पाए पत्रकारीता छोडेर जान हरेक महिला पत्रकार तयार रहेको बताईन् । भेलामा पत्रकार महिलाहरुले पत्रकार महासंघले जिल्ला तहमा पनी आफ्नो सक्रियता बढाँउदै क्षमता अभिवृद्धीका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । क्षमता अभिवृद्धीकालागी सुगम र दुर्गम जिल्लाका पत्रकारहरुलाई छुट्टाछुट्ै कार्यक्रम संचालन गर्नुपर्ने दार्चुलाका पत्रकारको भनाई थियो । स्वतन्त्र बन्ने ईच्छा हुँदाहुँदै पनी पत्रकारले राजनीतिक आधारमा सांगठनीकरुपमा एकतावद्ध नभए कुनै अवसर नपाईने गुनासो गरे ।
मिडीया संचालकहरुले जुनसुकै बेलापनी विना कारण काम बाट निकाल्ने गरेको हुँदा नियुतिm पत्र आवशयक रहेको डडेल्धुराकी पत्रकार भावना पौडेलले बताईन् । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले उचित पारीश्रमीक नपाएको गुनासो थुप्रै आएकोले यसप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले श्रमसंग जोडीएको समस्यालाई समाधान गर्नकालागी मिडीया हाउसमा अनुगमनको कार्य गर्ने बताए ।
यो पनी पढ्नुहोस्
महिलाका सवालमा विभाजीत नहुन मन्त्री जोशीको आग्रह
महासचिव पुरीले भने २०७५ साल असोज ३० गतेको राजपत्रमा नै न्युनतम तलब तोकेरै प्रकाशीत भैसकेकाले उत्त कानुन लागुहुन अनिवार्य छ, कानुन बनीसकेपछी कार्यान्वयन हुनुपर्नेमा महासंघको प्रष्ट धारणा छ ।” उनले कामका क्रममा महिला पत्रकारमाथी कुनै प्रकारको हिंसा भएमा महासंघको जिल्ला,प्रदेश तथा केन्द्रको शाखामा सिधै सम्पर्क गर्न सकिने र उत्त समस्याको महासंघले निशुल्क रुपमा कानुनी उपचार गर्ने बताए ।
भेलामा बोल्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले भेलामा आएका समस्यालाई समाधान गर्न आफु प्रतिवद्ध रहेको बताए । प्रदेशभरिका महिला पत्रकारलाई उपस्थीत गरि भेला गर्ने सुदूरपश्चिम प्रदेश समिति पहिलो रहेको भन्दै भेलाले अप्ठयारासंग लड्नसक्ने क्षमता विकाश गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष राववले आफु प्रदेश समितिमा रहँदासम्म कुनैपनी प्रकारको राजनितीक पुर्वाग्रह नराख्ने बताए ।
दश बुँदे घोषणापत्र जारी
महिला पत्रकारको प्रदेशस्तरीय भेलाले दश बुँदे घोषणापत्र जारी गरेको छ । भेलाकी संयोजक समेत रहेकी पत्रकार महासघं सुदूरपश्चिम प्रदेशकी सदस्य उन्नती चौधरीले भेलामा आएका समस्याहरु समेत समेट्दै घोषणापत्र प्रस्तुत गरेकी थिईन् । जारी गरिएको दश बुँदे घोषणापत्रमा पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षाकालागी समबन्धीत पक्षसंग माग गर्ने,क्षमता अभिवृद्धीकालागी तालीमहरु संचालन गर्ने,पत्रकार महिलाको बिमा व्यवस्थाका साथै फेलोसिपका कार्यक्रम ल्याउन माग गर्ने लगाएतका विषय समावेश छन् ।















