
अत्तरिया – कैलालीको अत्तरियामा रहेको पिडि पोलिक्लिनिकका सञ्चालक गणेश जिमि साउँद सम्मानित भएका छन । शुक्रबार धनगढीमा आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा साउँद सम्मानित भएका हुन ।
उनलाई समग्र स्वास्थ्यकर्मीको हक हित र अधिकार स्थापित गर्नका लागी दुई दशक देखी लगातार योगदान पु-याएको र सामाजिक क्षेत्रमा गरेका विभिन्न कार्यहरुका कारण सम्मानित गरीएको बताईएको छ ।






























