
दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले लाइसेन्स प्राप्त हतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासनले यही चैत अन्तिमसम्म घरमा राखिएका हतियार बुझाउन आग्रह गरेको हो ।
आगामी ३० वैशाखमा हुने स्थानीय चुनावलाई मध्यनजर गर्दै हतियार बुझाउन भनिएको हो । हतियार नजिकको प्रहरी इकाइमा बुझाउन सकिने प्रशासनले जनाएको छ ।

निर्वाचन सम्पन्न भएपश्चात हतियार फिर्ता गरिने पनी प्रशाशनले जनाएको छ ।















