
अत्तरिया – कैलालीको अत्तरियामा सोमबार बिहान सवारीसाधनको गति मापन गरिएको छ । सुदुरपशिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रेतीको कमान्डमा खटिएको टोलिले लिडर स्पिड गनको सहायताले अत्तरिया चौराहमा सवारीको गति मापन गरेको हो । मापन गर्दा तीब्र गतिमा रहेका १८ ओटा सवारीसाधन कार्बाहिमा परेको सुदुर्पस्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सुदुरपशिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका एस पि प्रवीण धितालले गति मापनको कार्यलाइ अब निरन्तरता दिने बताए । उनले तीब्र गतिकै कारणपनि धेरै दुर्घटना भएको निस्कर्समा प्रहरी पुगेकाले गति मापनलाई निरंतरता दिइने उनले बताए ।





























