भारतीय केराले किसान मर्कामा

Image
maya metro

काठमाडौं  – केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ। भारतीय केराको निर्बाध आयातका कारण आफ्नो उत्पादनले उचित बजार पाउन नसकेपछि किसानमा निराशा छाएको हो।

किसानले २०/२५ रुपियाँमा बिक्री गरेको केरा बजारमा पुग्दा एक सय रुपियाँ हुन्छ। पछिल्लो समय केरा खेतीमा नयाँ-नयाँ रोग देखा परिरहेका छन्। केरामा खपटे घुन र गबारो रोगको प्रकोप देखिएको छ। भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि केराको खेती गर्ने कृषक घट्दै गएका छन् भने कतिपयले कम जग्गामा मात्र खेती गरिरहेका छन् ।

nisarga

समयमा रोगको पहिचान र औषधिको व्यवस्था, दक्ष प्राविधिक र आधुनिक यन्त्र उपकरण, सिँचाइ, आयातित केराको भन्सार दर वृद्धि, केराको क्वारेनटाइन जाँच. सुलभ भाडा दरमा जग्गाको उपलब्धता, अनुदानमा केराको बेनी र सरल रूपमा बैंकबाट ऋणको व्यवस्था हुनुपर्ने किसानको माग छ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।