काठमाण्डाै – सोमबार सुन चाँदीको भाउ आज बढेको छ ।सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ पाँच रुपैयाँले बढेको छ ।
हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो ।
आज सुनकाे भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय २० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।