Attariya Hospital Pvt.Ltd.

विवादास्पद फैसला गर्ने न्यायाधीश सर्वाेच्च तानिए

padma
milan sunchadi

काठमाण्डाै – विवादास्पद फैसला गरेको विषयमा जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई साेमवार सर्वोच्च अदालत काजमा झिकाएका हुन् । न्यायाधीश जाेशीले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाएका हुन् । मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गएकाे चैत १३ गते उनले सजायको फैसला सुनाएका थिय । त्याे कानुन कार्यान्वयनमा छैन ।

यसअघि जिल्ला अदालत काठमाण्डाैका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो ।

Nawadurga
Loading...