गभर्नर निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Image
maya metro

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बैशाख १३ गते छलफलमा बोलाइएको सर्वोच्च प्रशासनले जनाएको छ।

nisarga

अदालतले कारबाही गर्नुको कारण पनि सरकारसँग माग गरेको छ। गभर्नर अधिकारीले आफूलाई गैरकानूनी, वदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिती गठन गरी निलम्बन गरिएको भन्दै त्यसको खारेजी माग गरी रिट दायर गरेका थिए।

गत २४ चैतमा मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।