Attariya Hospital Pvt.Ltd.

पशुमा बाँझोपनको समस्या जटिल बन्दै

padma
milan sunchadi

काठमाडौँ – पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ ।

नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ । पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको हो । पले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पार्ने पर्ने बताईएको छ ।

सङ्घीय, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर बाँझोपन घटाउने कार्यक्रम सञ्चालन भइरहेका छन् । खाना खान नपाउने र समयमै नाम्ले तथा जुकाको औषधि खुवाउन नसक्दा बाँझोपनको समस्या बढिरहेको छ ।

Siddi ganesh

 नेपालमा अधिकांश पशुका गोठ राम्रा नभएको र कृषकले सरसफाइमा ध्यान नदिँदासमेत पशुमा सङ्क्रामक रोग फैलँदै गएको बताईएको छ । नेपालमा बर्सेनि १३ अर्ब रुपियाँ बराबरको भैँसी आयात हुने गरेको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.