
अछाम – अछाममा चक्कु प्रहार प्रहारबाट ४ जना घाइते भएका छन् ।
बुधबार राति जिल्लाको ढकारी गाउँपालिका १ मा बिहेमा मदिरा सेवनपछि दुई समुहबिच झगडा हुँदा तपेन्द्र बुढाको लगाएतका १० जनाको समुहले चक्कु प्रहार गरि सोही ठाउँका मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा घाइते बनाएको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ।

चक्कु प्रहार गरी घाईते भएका उनिहरुको स्वास्थ चौकी ढकारीमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। तपेन्द्र बुढा प्रहरीको नियन्त्रणमा रहेका छन् भने अन्य फरार रहेको प्रहरीले जनाएको छ।












