
अत्तरिया – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका छन् ।
देउवाले आज बिहान ९ ः ५१ मा मतदान गरेका हुन् । मतदान पश्चात मतदाता संगको सामान्य भेटघाटपछी देउवा आजै काठमाडौं फर्किएका छन् ।

यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए ।
गन्यापधुरामा कुल मतदाता सङ्ख्या १० हजार ४१४ र १४ वटा मतदान केन्द्र छन् ।












