पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ बढ्यो

Image
maya metro

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो।

आयल निगमले (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो।जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ।

nisarga

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।