भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछी नेपाली मैदा मिलमा समस्या

Image
maya metro

काठमाडौं – भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ। मैदा मिल सञ्चालकहरूका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ।

मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा आयातमा भर पर्नु परिरहेको अवस्था छ। प्रत्येक मैदा उद्योगलाई वार्षिक २ लाख ५० हजार क्विन्टल गहुँ आवश्यक पर्छ भने साना घरेलु मिलले खपत गर्ने गहुँको परिमाणबारे यकिन तथ्याङ्क छैन।

nisarga

नेपाल फ्लोर मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवाल भारत सरकारको निर्णयले नेपाली मैदा उद्योगमाथि ‘कालो बादल मडारिएको टिप्पणी गर्छन् ।

कारोबार दैनीकबाट साभार गरिएको