भीम रावलको वडामा स्वतन्त्र उम्मेदवार विजयी

Image
maya metro

अछाम – नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन्।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा विजयी भएका हुन्।

nisarga

दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो। अन्ततः दुबै पक्ष गोला प्रथा गर्न सहमत भएका थिए।