
अत्तरिया – शान्त स्वभाव,नाकमा मुन्द्री र सिँउदोमा सिन्दुरको लामो धर्को सहितको परम्परागत पहिरन । झट्ट हेर्दा के भाषण गर्लीन र जस्तो देखीएपनी बोल्न सुरु गरेपछी कुनै बनावटी कुरा नगरी आफ्नो भोगाइ सहितको यर्थात पस्कीने उनले जनमत पनी राम्रो बटुलीन् ।
आफ्नै कृषी कर्ममा व्यस्त रहने तर पार्टीको कुनै कार्यक्रमबारे जानकारी पाए सहभागीता जनाईहाल्ने कलावती साँउद २०६३ सालमा पार्टीको संगठीत सदस्य बनेकी हुन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ७ को अध्यक्षमा नगरको पहिलो महिला वडा अध्यक्षमा विजयी पश्चात उनी गुनासो गर्ने ठाँउबाट सुन्ने ठाँउमा पुगेकी छिन् । आफ्नी प्रतिष्पर्धी नेपाली कांग्रेसकी जानकी पाठकलाई उनले ३१७ मतले पछी पार्दै उनी विजयी भईन् । कलावती यस्लाई आफु आवद्ध पार्टी नेकपा एमालेले दिएको ठुलो अवसर सम्झीन्छीन् ।

आफ्नो राजनीतिक यात्राको यो क्रममा जीवनसाथीबाट राम्रो साथ र सहयोग पाएको बताउने कलावती कुनैपनी सामाजि काममा हिँड्दा घरबाट कहिले रोकतोक नभएको बतााउछीन् । कुराकानीका क्रममा पटकपटक पार्टीलाई धन्यवाद दिने उनले पैसा,आफन्त,नाताको आधारमा टिकट दिईन्छ भन्ने कुरालाई विश्वास गर्न छोडेकी छिन् । मेरो न कुनै छुट्टै पहुँच थियो,न म संग पैसा थियो उनले भनीन् “तै पनी मेरो पार्टीले मलाई टिकट दियो र जनतालेपनी मलाई साथ दिए , यस्को अर्थ जनता गरिब,अनपढ महिला नेतृत्वमा आँउदा हाम्रा समस्या बुझ्छन् भन्ने हो ।”
जसरी म जस्तो गरिब र अनपढ महिलालाई पार्टी र स्थानीयले अगाडी बढाउन खोजे उनी भन्छीन यो विश्वास म टुट्न दिने छैन । पढ्ने समयमा आमाबुवाले पढाउन खोज्दा पनी आफुले नै पढ्न नमानेकोप्रति अहिले कलावतीलाई साह्रै पछुतो लाग्छ । बुवाकै करले ४ कक्षासम्म पढेकी उनी अब आफ्नो वडामा कोहि पनी पढाईबाड बञ्चीत नरहुन भन्ने चाहन्छीन् । नेपाली राम्रोसंग पढ्न सक्ने बताउने उनले सरकार हुँदाहुँदै आर्थीक अभावमा कुनैपनी बालबालीकाले पढाई छोड्न नपरोस भनेरै आफ्नो घोषणापत्रमा समेत बेसहारा बालबालीकाहरुको सम्पुर्ण पढाई खर्च वडाले व्यहार्ने गरी योजना बनाईने अनी वडाका सम्पुर्ण विधालयको शैक्षीक गुणस्तर कायम गर्न अभिभावक जागरण अभियान,शिक्षक अभिभावक भेला,शिक्षकहरुलाई आवश्यक तालिमको व्यवस्था गरिने कुराहरु उल्लेख गरेकी छिन् ।
वडामा महिला सशत्तिकरण, युवा स्वरोजगार,कृषकहरुलाई सुपथ मुल्य तथा सहज रुपमा मल उपलब्ध गराउने लगायतका कुराहरु उनले बताएकी छिन् । वडाको प्रोफाइल तयार गर्दै प्रत्येक महिना टोल भेला गरी आम नागरिकका गुनासाहरु सम्बोधन गर्ने उनी बताँउछीन् । विकास निर्माणका कामलाई मुख्य प्राथमीकतामा राख्दै पायक पर्ने ठाँउमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गर्ने उनको योजना छ ।
एक सामान्य परिवार तथा सामान्य जीवनशैली बिताउदै आएकी एक महिला वडाको नेतृत्वमा आँउदा केहि फरक महसुस गर्न पाइन्छकी भन्ने अपेक्षा पनी वडाबासीको हुन्छ नै । ति अपेक्षालाई निष्पक्ष भई सम्बोधन गर्ने कार्यमा उनी कतिको सफल हुन्छीन् र उनको शैक्षीक योग्यता लगायतका कुराले के कतिको प्रभाव पार्छ त्यो हेर्न बाँकी नै छ । अहिलेलाई यति भनौँ लोकतन्त्रको सुन्दर पक्ष भनेको कलावती जस्ता महिलाले अवसर पाउनु पनी हो ।













