
अछाम – अछाममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार जिल्लाको ढकारी गाउँपालिका-८ पैयाँसेनका अन्दाजी ३९ वर्षीय जगतनाथ उपाध्यायको भिरबाट लडेर मृत्यु भएको हो ।
भिरबाट लडेर घाईते भएका उनलाई उपचारका लागि स्वास्थ्य चौकी कमलबजार लगिएको थियो। अस्पतालले चेकजाँच गरी उपाध्यायलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताएका छन् ।
















