
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ ले वडाभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने भएको छ ।
वडाको पहिलो वैठकले ३५ घरका खरको छाना हटाएर जस्तापाता लगाउने निर्णय गरेको हो ।

वडाभित्रका अति विपन्न परिवार छनोट गरि खरको छाना हटाएर जस्तापाता लगाईने निर्णय भएको वडा अध्यक्ष गोविन्द चौधरीले बताएका छन् ।
उनले नाम बढी संकलन भएको भएपनी पहिलो चरणमा अति विपन्न परिवार छनोट गरिने बताएका छन् ।



















