अछाममा एक किशोर मृत फेला,विनायक क्षेत्रमा तनाव

padma

अछाम – अछाममा एक किशोर मृत फेला परेका छन् । जिल्लाको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका हुन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।

Shikhar Dental

मृतक शाही एमाले निकट भएकाले घटनाले राजनैतिक रुप लिएको छ । एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए ।

‘शनिबार बिहान भिरमा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर अहिलेसम्म स्थानीयले घटनास्थलसम्म प्रहरीलाई जान दिएका छैनन् ’ प्रजिअ मरासेनीले भने ,‘प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय तोडफोड पनि भएको छ । अवस्था सामान्य बन्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगेर लास उठाउन त के हेर्न समेत पाएका छैनन् ।’

केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।  प्रदर्शनकारीले नाराबाजी गर्दै सडकमा टायर बालेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.