अछाममा किशोर मृत्यु प्रकरणः चार दिनदेखि शव घटनास्थलमै

padma

अछाम – अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिनसम्म पनि घटनास्थलमै छ । पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए । हत्यारालाई कारबाहीको सुनिश्चितता नभएसम्म पीडित पक्षले घटनास्थलबाट शव नठाउन मानेपछि हालसम्म शवको पोष्टमार्टम हुनसकेको छैन ।

Shikhar Dental

प्रहरी र स्थानीय चार दिनदेखि घटनास्थलमै कुरिरहेका छन् भने किटानी जाहेरी लिएर हत्यामा संलग्न भएका व्यक्तिको गिरफ्तार भए मात्र शव उठाउने पीडित पक्षको भनाइ छ ।

गएको मङ्गलबार राती प्रहरी र स्थानीयको धरपकडपछि हराएका भनिएका विनोद शनिबार बिहान मृत अवस्थामा पञ्चदेवल क्याम्पस नजिकको खोचमा मृत अवस्थामा भेटिएका थिए । शव भेटिएको दिन शनिबारबाट मध्यपहाडी सडकको विनायक खण्डमा यातायात सेवा अवरुद्ध गरिएको छ । विनायकसँगै सदरमुकाम मङ्गलसेनमा पीडितको न्यायका लागि नाराबाजी भइरहेको छ ।

घटनास्थलमा अछामसँगै डोटी, बाजुराबाट सुरक्षाकर्मी ल्याएर परिचालन गरिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिए । यस्तै, धनगढीबाट तालिमप्राप्त कुकुरसहितको सीआइबी टोली आइतबारबाट घटनाको अनुसन्धान गरिरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरीका एसएसपी जनकराज पाण्डेको टोलीसमेत अछाम पुगेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.