पेट्रोल ८, डिजेल र मट्टीतेल प्रतिलिटर १२ रुपियाँ बढ्यो

काठमाडौं – नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ ।


त्यसैगरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।
