Attariya Hospital Pvt.Ltd.

दार्चुलामा महिलाको जलाएर हत्या गरेको आरोपमा थप एकजना पक्राउ

padma
milan sunchadi

दार्चुला – दार्चुलाकी ४० वर्षीया एकल महिलाको हत्या आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।

बुधबार शैल्यशिखर नगरपालिका–१ बारिलमा आगो लगाएर हत्या घटनामा संलग्न भएको आरोपमा स्थानीय ४२ वर्षका भोजराज खडायतलाई बैतडीको दोगडाकेदार गाउपालीका ३ बाट पक्राउ गरेको हो।

प्रकाउ परेका भोजराजका साथबाट अनिभाले प्रयोग गर्ने कानमा लगाउने सुनका बाली २ थान र नथीयाँ १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

Siddi ganesh

प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार प्रतिवादी खडायतका विरुद्दमा जवरजस्ती करणी, ज्यान सम्बन्धी डाँका चोरी शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत दार्चुलाबाट सात दिन म्याद थप अनुमती मागी अनुसन्धान कार्य भईरहेको बताए ।

यसअघि बुधबार नै स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ। भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाच केन्द्रका सेक्युरिटी गार्ड हुन्।

प्रारम्भिक अनुसन्धानबाट बारिलकी ४० वर्षीया एकल महिला अनीभा खडायतको जवरजस्ती करणी गरी आगो लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Nawadurga
Loading...