धनगढीमा ८८ हजार नगदसहित विभिन्न पसलको सामान चोरी

padma
Shikhar Dental

धनगढी – धनगढी उपमहानगरपालिकाका ५ पसलको सामान चोरी भएको छ। बिहीबार राति उपमहानगर–४ स्थित सहिदगेट–क्याम्पस रोड सडकमा रहेका पसलहरुमा चोरी भएको हो। पसल पछाडिको भेन्टिलेसन तोडी भित्र गएर चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

भट्ट होटलबाट नगद २८ हजार, चुरोट २६ वटा र वियर ५ वटा चोरी भएको छ। यस्तै अनिल गुरुङले सञ्चालन गरेको एसफोर स्टिगरबाट नगद ५० हजार चोरी भएको छ। यस्तै रिलायन्स स्टिगर एण्ड प्रिन्टिङबाट नगद १० हजार चोरी भएको र गंगा ईम्पेक्स र सुमित पौडेलको पसलबाट चोरी भएको सामानको विवरण भने नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले बताए। घटनाको थप अनुसन्धान भइरहेको जोशीले बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.