वैशाखमा बढ्यो रेमिट्यान्सबाट भित्रिने रकम

padma

काठमाडौं – वैशाखमा विदेशबाट रेमिट्यान्समार्फत भित्रिने रकम बढेको छ। आव ०७८/७९ को शुरुवाती महिनादेखि रेमिट्यान्सबाट भित्रिने रकम गिरावट देखिएको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तीय स्थितिको विवरणअनुसार चालू आवको १० महिनामा रेमिट्यान्समा शून्य दशमलव २ प्रतिशतले वृद्धि भएर ८ अर्ब ११ अर्ब ७९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स १९ दशमलव २ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भित्रिने रकम १ दशमलव ६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ।

Shikhar Dental

उक्त अवधिमा खुद ट्रान्सफर शून्य दशमलव ०१ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ६२ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर १७ दशमलव १ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या वृद्धि भएर २ लाख ७८ हजार २९८ जना पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ६८ दशमलव ४ प्रतिशतले घटेको थियो।

चालू आवको १० महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८५ दशमलव ५ प्रतिशतले बढेर २ लाख ३० हजार ४६६ जना पुगेको छ। अघिल्लो वर्ष सोही समयमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५४ प्रतिशतले घटेको थियो।

साभार

Nawadurga
Leave A Reply

Your email address will not be published.