Attariya Hospital Pvt.Ltd.

जनवादी गायक जीवन शर्मा पुरस्कृत

padma
milan sunchadi

बागलुङ – जनवादी गायक जीवन शर्मा बागलुङमा पुरस्कृत भएका छन्। कलाकार बाबुराम, सरस्वती बज्राचार्य स्मृति कोषबाट शर्मा सम्मानित भएका हुन्।

रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष समेत रहेका शर्मालाई नगद २० हजार रुपैयाँ र दोसल्ला ओढाएर उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले पुरस्कृत गरेका हुन्।

शर्मालाई ‘गीत संगीतको माध्यमबाट शोषित, पीडित, असहाय, एवं श्रमजीविको आवाजलाई झंकृत गर्दै न्याय, समताको लागि विगत लामो समयदेखि सशक्त आवाज उठाउँदै’ आएकोमा पुरस्कृत गरिएको बताइएको छ।

Siddi ganesh

शर्मासँगै संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै ज्ञानोदय बुद्ध विहारलाई पनि २० हजार रुपैयाँले पुरस्कृत गरिएको छ। कोषबाट यसभन्दा पहिले कलाकारहरु लक्ष्मण शाक्य, विक्रम श्रेष्ठ, मूर्तिकार ओम खत्री, संगीतकार बीबी अनुरागीलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा कोषका सदस्य काजी गाउँले श्रेष्ठले जनवादी गायक जीवन शर्माको जीवनीका बारेमा चर्चा गरेका थिए।

Nawadurga
Loading...