कंचनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

padma
Shikhar Dental

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।            शनिबार बिहान भीमदत्त नगरपालिका वडा नम्बर ०२ मा पूर्वपश्चिम राजमार्गमा से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका वडा नम्बर ०१ का ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको हो।                                                          दुर्घटनापछि ट्र्याक्टर चालक बेदकोट नगरपालिका वडा नम्बर १० का राकेश रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.