Attariya Hospital Pvt.Ltd.

गेटामा सवारी दुर्घटनामा परेका किशोरको मृत्यु

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ स्थीत गेटामा आज बिहान सवारी दुर्घटनामा परेका किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गेटाकै २१ वर्षीय सुवास चौधरी रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बिहान ११ बजेको समयमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको गोदावरी–८ का ललित चौधरीले चलाएको से १ त ३१०१ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी–५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएका थिए ।

मायामेट्रो अस्पतालमा सामान्य उपचारपछी उनलाई सेती प्रादेशीक अस्पतालमा लगीएको थियो । उनको उपचारकै क्रममा ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकका आफन्तले अत्तरिया धनगढी सडक अवरुद्ध गरेका छन् ।

Nawadurga
Loading...