Attariya Hospital Pvt.Ltd.

उच्च भोल्टेजको तारमा चढेका विकको आठ घण्टापछि सेनाले गर्‍यो उद्धार

padma
milan sunchadi

काठमाडौं – बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ। शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको हो ।

हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजकाे तारमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विक चढेपछि समग्र विद्युत प्रणालीमै असर परेको थियो ।

Nawadurga
Loading...