गेटा मेडिकल कलेजमा भोली विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिविर संचालन हुने

padma

अत्तरिया – प्रस्तावित गेटा मेडिकल कलेजमा विशेषज्ञ सहितको सेवा संचालन गरिने भएको छ । गेटा मेडिकल विश्वविद्यालय अभियान अत्तरियाको आयोजनामा सांकेतिक विरोध स्वरुप शिविर आयोजना गर्न लागिएको हो ।

Shikhar Dental

बिहान ११ बजे देखि सुरु हुने शिविरमा बिभिन्न विधाका विशेषज्ञ डाक्टरहरुले बिरामी चेकजाँच गर्ने अभियानका संयोजक लोक राज पाण्डे (आगो) ले बताएका छन । उनले उक्त अभियानका लागि अत्तरियामा रहेका पद्मा अस्पताल, अत्तरिया अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पताल, गोदावरी पोलिक्निक, धनगढीमा रहेको माया मेट्रो अस्पतालका विशेषज्ञ डाक्टरले चेकजाँच गर्ने बताए । शिविरमा निःशुल्क औषधि पाइने जनाइएको छ ।

गेटामा तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालय संचालनको माग गर्दै अत्तरिया र धनगढीमा विभिन्न संघर्षका कार्यक्रम हुँदै आएका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.