कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषध सहित एकजना भारतिय नागरिक पक्राउ परेका छन् ।

सोमबार दिउँसो बेल्डाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट भारतको पिलभित ग्राम पञ्चायत थाना हजारा टारगन्ज बस्ने २६ वर्षीय जसबिन्दर पक्राउ परेका हुन्।

 उनको साथबाट १० ग्राम ३८० मिलिग्राम खैरौ हिरोइन र भारतीय रुयैयाँ ५ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।