डडेल्धुरामा झुन्डिएको अवस्थामा देवर–भाउजू मृत फेला

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा झुन्डिएको अवस्थामा २ जनाको शव फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

nisarga

दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतक दुवै नातामा देवर भाउजू रहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।