अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ६ ले बिहिबार वडा भेला मार्फत आगामी आर्थीक वर्षको बजेट सार्वजनीक गरेको छ ।
वडाले आर्थीक वर्ष २०७९÷८० को लागी कुल ९५ लाख १७ हजार ३४० रुपैँयाको बजेट सार्वजनीक गरेको हो ।



वडाले सबैभन्दा बढी भौतिक पुर्वाधार विकास तर्फ ६९ लाख ५० हजार रुँपैया छुट्याएको छ ।
त्यसैगरी सामाजिक विकास तर्फ १४ बजेट छुट्याएको छ ।
आर्थीक विकासकालागी २ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनका लागी वडाले २ लाख ५० हजार बजेट छुट्याएको छ ।
