
धनगढी – डाेटीमा छाेराले नै बुवाकाे हत्या गरेका छन् । बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा (डोलागडा) बस्ने ५० वर्षीय रणबहादुर चन्दको उनकै छाेराले हत्या गरेका हुन् ।
२३ वर्षीय छाेरा विकासबहादुर चन्दले बुवाकाे टाउकाेमा दाउराले प्रहार गरि हत्या गरेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले छाेराले घरायसी विवादमा बुवाकाे हत्या गरेकाे बताए ।
उनकाअनुसार शुक्रबार बिहान ११ बजे घरायसी विवादका क्रममा दाउरा प्रहारबाट गम्भीर घाइते भएका रणबहादुरलाई उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुगाइएकाे थियो ।
सुजङ अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि डडेल्धुरा लैजाने क्रममा सोही दिन साँझ करिब ५ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको डडेल्धुरा अस्पतालमा पोस्टमार्टम गरिएपछि शव परिवारले बुझिसकेको छ । घटनामा संलग्न आरोपित छाेरा विकासबहादुरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















