प्रधानमन्त्री देउवाले गरे धनगढी उपमहानगरपालिका भवनको उद्घाटन

padma

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन् ।

आज एक समारोहकाबीच उनले भवनको उद्घाटन गरेका हुन । सात कारोड २३ लाख ४५ हजार रुपैयाँ लगानीमा धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने बताए ।

Shikhar Dental

कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना बनेको छ । त्यसलाई प्रतिष्ठानको रुपमा सञ्चालन गर्नका लागि क्याबिनेटबाट निर्णय गरेर आवश्यक ऐन, कार्यविधि बनाइ अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो ।

सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे । यसैगरी, महाकाली कोरीडोर, खुटिया–दिपायल र सेती लोकमार्ग गरेर तीन वटै फाष्ट ट्रयाकलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गौरीफन्टा नाकालाई कैलालीको मातहतमा गर्न, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.