कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

padma

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

Shikhar Dental

जिल्लाको शुक्लाफाँटा नगरपालिका – ११ स्थित पुर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा कृष्णपुर नगरपालिका–२ वाणीका ४२ वर्षिय केशवराज पन्तको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

वाणीबाट कलुवापुरतर्फ गइरहेको लु.७९ प १३४३ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आईरहेको साईकल एक आपसमा ठोक्किदा साईकल यात्री पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–४ का अन्दाजी २४ वर्षीय पुष्कर शाह र पछाडि सवार बेलौरी नगरपालिका–९ का अन्दाजी २४ वर्षीय सुरेश राना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.