कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका–२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


शनिबार साँझ बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइसहित उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
