मेयर भट्टले भेटे सेनाका अधिकारी

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले सोमबार सेनाका अधिकारीहरु सँग भेट गरेका छन । उनले तेघरी स्थित गणका गणपति सुनिल कुमार मल्ल सँग भेट गरेका हुन ।

Shikhar Dental

भेटका क्रममा नगरप्रमुख भट्टले अत्तरिया चोकको उत्तरपट्टिका ६१ घरघुरी, अत्तरियाको बसपार्क र लामितालको जग्गालाई यथाबत भोगचलनको ब्यबस्था मिलाउन आग्रह गरेका छन् ।

उक्त जग्गा अब नेपाली सेनाले भोगचलन गर्ने चर्चा पहिले देखी चल्दै आएको छ ।

 गणपती मल्लले सो सम्बन्धमा आफुले माथिल्लो निकायमा पत्राचार गर्ने र सकभर स्थानियलाई अपट्यारो नहुने गरी नै सेनाले ब्यबस्था मिलाउने बताएको जनाईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.