डोटेली भाषामा सांसद भट्टले गरे गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

Image
maya metro

काठमाडौं – सांसद दीपक प्रकाश भट्टले सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोटेली भाषामा गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्न माग गरेका छन्।

भट्टले प्रतिनिधिसभाको बैठकमा गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

nisarga

उनले भने-“ स्थानीय स्तर मा पनि संघर्ष समिति बनेको छ। हामी सांसदहरुले पनि प्रधानमन्त्री लाई ध्यानाकर्षण गरिसकेका छौँ। त्यसैले बिधेयक ल्याएर भए पनि यो कार्य तुरुन्त अगाडी बढाइयोस ।”

उनले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री भएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए।

सांसद भट्टले आईतबार अत्तरियामा गेटा मेडिकल संचालनार्थ संघर्ष समितिसंग छलफल गरेका थिए ।